जङ्गलमा यौनकर्मी बढेपछि स्थानीय हैरान यौन कृयाकलापका लागि स्थानीय, विद्यार्थी देखि यात्रुसम्म




पूर्व–पश्चिम राजमार्गको महोत्तरी जिल्लामा रहेको वन क्षेत्रमा यौन क्रियाकलाप बढ्न थालेको भन्दै स्थानीयवासीले नियन्त्रण गर्न आग्रह गरेका छन् ।वनक्षेत्रमा १०÷१२ ठाउँमा विभिन्न पसल सञ्चालनमा रहेकाले बढेको चहलपहलसँगैै जोडी युवायुवतीको आगमन ह्वात्तै बढेको नजिकैका गाउँबस्तीका बासिन्दाको भनाइ छ ।

राजमार्गको जिल्लामा पर्ने बर्दिवासदेखि बाँके पुलसम्मको २० किलोमिटर क्षेत्रको वनक्षेत्र यौन क्रियाकलाप धेरै हुने गरेको चन्द्रलाल लोप्चनले बताए ।वनक्षेत्रका माइस्थान, वनपथ, लक्ष्मीनियाँ, गणन्ता, टुटेश्वरचोक, खयरमाराचोक, गौशालाचोक, कान्तिबजारचोक, मरहापुल र बाँकेलगायतका एक दर्जन चोकमा अचेल दिनहुँ २० औं जोडी युवायुवती यौन

क्रियाकलापकै लागि आउने गरेको त्यस ठाउँमा पसल सञ्चालन गरेर बसेका साना व्यापारी बताउँछन् ।बर्दिवासबाट पश्चिम जाँदा र पश्चिमबाट बर्दिवासतिर आउँदा लालबन्दीबाट वनक्षेत्र ओर्लने थुप्रै युवायुवतीका जोडी हुने गरेको जनकपुर वीरगञ्ज रुटको बसका सहचालककोे भनाइ छ । खासगरी शनिबारका दिन जोडी युवायुवतीको सङ्ख्या निकै बढ्नुले यीमध्ये कलेजमा पढ्ने विद्यार्थी पनि हुनसक्ने सहचालककोे अनुमान छ ।

वनक्षेत्रमा पुग्ने गरेका प्रेमीजोडी स्वास्थ्यक्षेत्रमा कार्यरत सामाजिक सङ्घ संस्थाका प्रतिनिधिसँग कण्डमको कुरा गर्न लाजमान्ने गरेका पाइएको छ । यौन व्यवसाय नै रोजेका यौनकर्मी महिला स्वास्थ्य सचेतनामा सजग पाइएका भए पनि ग्राहकले

कण्डमको प्रयोगमा अनिच्छा देखाउँदा कण्डमको प्रयोगबिना नै शारीरिक सम्बन्ध बनाउन बाध्य हुने गरेको उनीहरुको गुनासो छ । जिल्लास्थित प्रहरी प्रशासनले भने यस्ता खालका गुनासा आफूहरु समक्ष नआएको जनाएको छ ।